Mayako Ghar

मायाको घर नौ डाँडा पर
मायाको घर नौ डाँडा पर
भेट्न जान साह्रै लाग्यो रहर
भेट्न जान साह्रै लाग्यो रहर
मायाको घर...

फूलझैँ तिमी, जूनझैँ तिमी लाग्थ्यौ तिमी लजाएर हाँसिदिँदा
लाग्थ्यौ तिमी लजाएर हाँसिदिँदा
स्वर्गकी परी, मनकी चरी लाग्थ्यौ तिमी लर्किएर नाचिदिँदा
लाग्थ्यौ तिमी लर्किएर नाचिदिँदा

मायाको घर नौ डाँडा पर
भेट्न आउन साह्रै लाग्यो रहर
भेट्न आउन साह्रै लाग्यो रहर

फूलको थाली, दियो बाली घुमीघुमी मन्दिरको वरिपरि
घुमीघुमी मन्दिरको वरिपरि
पिरती चोखो पारेर पोको बाटो हेर्दै बस्दै होलिन् घरीघरी
बाटो हेर्दै बस्दै होलिन् घरीघरी

मायाको घर नौ डाँडा पर
हे, मायाको घर नौ डाँडा पर
भेट्न जान साह्रै लाग्यो रहर
भेट्न जान साह्रै लाग्यो रहर

भेट्न जान साह्रै लाग्यो रहर



Credits
Writer(s): Mahendra Thapa Magar
Lyrics powered by www.musixmatch.com

Link