Timilai Deuta Manera

तिमीलाई देउता मानेर, प्राणभन्दा प्यारो ठानेर
तिम्रै पूजा गरिरहेछु, तिम्रै पीरमा जलिरहेछु
बिन्ती, मलाई नछोड
तिमीलाई देउता मानेर...

तिम्रो घरको सँगार टेक्न चाहन्छु
हो, तिम्रो घरको सँगार टेक्न चाहन्छु
तिम्रो नै खुशी देख्न चाहन्छु

नराम्रो नसोच, अर्कैलाई नरोज
बिन्ती, मलाई नछोड
तिमीलाई देउता मानेर...

त्यही हातबाट सिउँदो भर्न चाहन्छु
हो, त्यही हातबाट सिउँदो भर्न चाहन्छु
तिम्रो नै काखमा मर्न चाहन्छु

वाचा नतोड, बाटो नमोड
बिन्ती, मलाई नछोड

तिमीलाई देउता मानेर, प्राणभन्दा प्यारो ठानेर
तिम्रै पूजा गरिरहेछु, तिम्रै पिरमा जलिरहेछु
बिन्ती, मलाई नछोड
तिमीलाई देउता मानेर...



Credits
Lyrics powered by www.musixmatch.com

Link