Jasle Jaso Bhane

जसले जसो भने पनि हाम्रो माया गाढा बनोस्
सँगै बाँचौ, सँगै मरौँ, दुःख-पिर टाढा बनोस्

तिमी मेरो प्राण नै हो (तिमी दुई आँखाकी नानी)
दुनियाँले डाहा गर्ने बनोस् हाम्रो जिन्दगानी

भन्नलाई त भन्ने गर्छन्, लोग्ने मान्छे स्वार्थी हुन्छन्
हो, भन्नलाई त भन्ने गर्छन्, लोग्ने मान्छे स्वार्थी हुन्छन्
चोखो जीवन हात पार्न अनेक थरी जाल बुन्छन्

तर तिमीबिना मेरो जीवन अधुरो छ
तर तिमीबिना मेरो जीवन अपुरो छ

जसले जसो भने पनि हाम्रो माया गाढा बनोस्
सँगै बाँचौ, सँगै मरौँ, दुःख-पिर टाढा बनोस्

भन्नलाई त भन्ने गर्छन्, स्वास्नी मान्छे स्वार्थी हुन्छन्
हो, भन्नलाई त भन्ने गर्छन्, स्वास्नी मान्छे स्वार्थी हुन्छन्
स्वार्थ पूरा नभएमा धोका पाएँ भन्दै रुन्छन्
स्वार्थ पूरा नभएमा धोका पाएँ भन्दै रुन्छन्

तर तिमीबिना मेरो जीवन अधुरो छ
तर तिमीबिना मेरो जीवन अपुरो छ

जसले जसो भने पनि हाम्रो माया गाढा बनोस्
सँगै बाँचौ, सँगै मरौँ, दुःख-पिर टाढा बनोस्
जसले जसो भने पनि हाम्रो माया गाढा बनोस्
सँगै बाँचौ, सँगै मरौँ, दुःख-पिर टाढा बनोस्

तिमी मेरो प्राण नै हो, (तिमी दुई आँखाकी नानी)
दुनियाँले डाहा गर्ने बनोस् हाम्रो जिन्दगानी
दुनियाँले डाहा गर्ने बनोस् हाम्रो जिन्दगानी

दुनियाँले डाहा गर्ने बनोस् हाम्रो जिन्दगानी
दुनियाँले डाहा गर्ने बनोस् हाम्रो जिन्दगानी
दुनियाँले डाहा गर्ने बनोस् हाम्रो जिन्दगानी

Credits
Writer(s): Tulasi Giri
Lyrics powered by www.musixmatch.com

Link