Meri Maya

मेरी माया फूल जस्ती
बस्छिन् उनि नौ डाँडा पारी
मेरी माया भईन् कस्ती?
बिताउँदी हो दिनहरु कसरी?
मेरी माया फूल जस्ती
बस्छिन् उनि नौ डाँडा पारी

चियाईदिन्छ लुकिछिपी जूनले साँझ
उनकै यादमा गाउँदा गीतहरु
अन्जानमै रसाउँछन् यी नयन आज
नयन झार्छन् अश्रुका शीतहरु

मेरी माया फूल जस्ती
बस्छिन् उनि नौ डाँडा पारी
मेरी माया भईन् कस्ती?
बिताउँदी हो दिनहरु कसरी?

तृषित नयन नि मेरो आँखाबाट
क्षितिजपारी ओझेलमा परेछिन्
साथ मेरो मायालुको छोडी आज
बिछोडको वेदनामा परेछिन्

मेरी माया फूल जस्ती
बस्छिन् उनि नौ डाँडा पारी
मेरी माया भईन् कस्ती?
बिताउँदी हो दिनहरु कसरी?
मेरी माया फूल जस्ती
बस्छिन् उनि नौ डाँडा पारी



Credits
Writer(s): Pritam Chakraborty, Irshad Kamil
Lyrics powered by www.musixmatch.com

Link