Kahile Samjhera Roye

कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ
आँशुका फूल परेलीमा
आँशुका फूल परेलीमा उनेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ

आँशु पुछेर रुने छैन भनी वाचा त गरें
आँशु पुछेर रुने छैन भनी वाचा त गरें
वाचा त गरें
त्यही वाचा सम्झी धर्धरी रोएँ

ओठमा मुस्कान च्यापेर हिंडेको छु म
ओठमा मुस्कान च्यापेर हिंडेको छु म
हिंडेको छु म
हाँसीहाँसी म त हाँसोमा लुकेर रोएँ

कहिलेकाहीं त एकान्त माझ सुस्तरी रुँन्थें
कहिलेकाहीं त एकान्त माझ सुस्तरी रुँन्थें
सुस्तरी रुँन्थें
के भयो कुन्नि, आज बेस्सरी रोएँ
के भयो कुन्नि, आज बेस्सरी रोएँ

आँशुका फूल परेलीमा
आँशुका फूल परेलीमा उनेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ



Credits
Lyrics powered by www.musixmatch.com

Link