Timi Bulma

तिमी भूलमा पऱ्यौ, म पनि झुक्किएँ
यो भेटघाटलाई एक सङ्गम भनी
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तूर भनी

तिमी भूलमा पऱ्यौ, म पनि झुक्किएँ
यो भेटघाटलाई एक सङ्गम भनी
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तूर भनी

प्यार हुन्छ त्यहीँ जहाँ सार हुन्छ
भाग्यले मात्र दिलदार मिल्छ
प्यार हुन्छ त्यहीँ जहाँ सार हुन्छ
भाग्यले मात्र दिलदार मिल्छ

हामी आवेशमा छौँ, धेरै नजिक नहोऔँ
जुड्दैन फुटेर मन यो भने
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तूर भनी

तिमी भूलमा पऱ्यौ, म पनि झुक्किएँ
यो भेटघाटलाई एक सङ्गम भनी
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तूर भनी

बेहोश त अलिक हामी दुवै नै छौँ
सम्हालेनौँ भने हामी दुई नै गिर्छौँ
बेहोश त अलिक हामी दुवै नै छौँ
सम्हालेनौँ भने हामी दुई नै गिर्छौँ

तिमी टाढिँदै जाऊ, हारिँदै म जान्छु
यही भेट विषाद कतै हुन्छ भने
नलागी कतै चोट अब छुटौँ हामी
मिल्दैन यहाँ दस्तूर भनी



Credits
Writer(s): Amber Gurung
Lyrics powered by www.musixmatch.com

Link