Balla Po Peer Parna Thalyo

हे, श्रीमती नै उस्तै परि, कसलाई पार्नु गाल?
भन्न पनि के भन्ने हो? लाजै मर्दो चाल
बुढेकालमा T-shirt सँग पाइन्ट लार हिनी
त्यही देखेर छोरीले नि mini skirt किनी

बल्ल पो पिर पर्न थाल्यो, यसै हो घर यस्तो बनेको
आमा नै गतिली छैनस्, छोरीले के मान्थी भनेको

हे, बुझ्नेले त बुझेकै छन्, घर धानिछु धन्न
यो उमेर भो जान्या छैनौ कपुरी 'क' भन्न
जहाँ पनि चुरोट झिक्यो, झ्याप्प सलाई बाल्यो
त्यही देखेर छोराले नि गाँजा तान्न थाल्यो

बल्ल पो पिर पर्न थाल्यो, यसै हो घर यस्तो बनेको
बाउ चाहिँ नै गतिलो छैनौ, छोराले के मान्थ्यो भनेको

हे, न बुढाको मान सम्मान छ, न बुढाको डर छ
दुलही भर दुलहीको ठा बस्न जान्न पर्च
केटो देखे मस्की हाल्चे, कत्ति बुद्धि छैन
त्यही देखेर छोरी पनि धन्न पोइल गईन

बल्ल पो पिर पर्न थाल्यो, यसै हो घर यस्तो बनेको
आमा नै गतिली छैनस्, छोरीले के मान्थी भनेको
आमा नै गतिली छैनस्, छोरीले के मान्थी भनेको

हे, सम्मान गर्ने खालको भए सम्मान गर्ने थिएँ
यस्तालाई नि हाम्रा बाले के देखेर दिए?
अस्ति पैसा निकालेचौ मेरै बाकस फोरी
त्यही देखेर छोरो पनि हिँड्छ चोरी चोरी

बल्ल पो पिर पर्न थाल्यो, यसै हो घर यस्तो बनेको
बाउ चाहिँ नै गतिलो छैनौ, छोराले के मान्थ्यो भनेको
बाउ चाहिँ नै गतिलो छैनौ, छोराले के मान्थ्यो भनेको

हे, कहिले कपाल अघि झार्छेस्, कहिले पछि सार्छेस्
कहिले भने सिधा हुन्छ, कहिले घुम्रो पार्छेस्
टाउकाको नि अघिल्तिर रातो हो कि मैलो
त्यही देखेर छोरीको झन् पिरै कपाल खैरो

बल्ल पो पिर पर्न थाल्यो, यसै हो घर यस्तो बनेको
आमा नै गतिली छैनस्, छोरीले के मान्थी भनेको
आमा नै गतिली छैनस्, छोरीले के मान्थी भनेको

हे, टाउकैभरि रिसको पोको बुद्धि छैन केही नि
यस्तो बुढो पर्दा पनि सहेकी छु त्यही नि
म हुँ भनी लड्न जाँदा पर्यौ पुलिस थानमा
त्यही देखेर छोराले नि मुन्द्रा लायो कानमा

बल्ल पो पिर पर्न थाल्यो, यसै हो घर यस्तो बनेको
बाउ चाहिँ नै गतिलो छैनौ, छोराले के मान्थ्यो भनेको
बाउ चाहिँ नै गतिलो छैनौ, छोराले के मान्थ्यो भनेको

Credits
Lyrics powered by www.musixmatch.com

Link