Yo Mayako Rit Yestai Ho

लतार्दै हिँड्छन्, पछार्दै हिँड्छन्, भीडमा भीड छ
न कतै हाँसो, न कतै खुशी, पीडामा पीडा छ

न कुनै रोग छ, न कुनै शोक छ
न कुनै रोग छ, न कुनै शोक छ
छ भने केवल मायाकै भोक छ आज यो मान्छेलाई
हो, आज यो मान्छेलाई

यो मायाको रीत यस्तै हो
यो मायाको रीत यस्तै हो
देख्नेलाई झिलिमिली
देख्नेलाई झिलिमिली, नदेख्नेलाई अँधेरी रातजस्तै हो
मायाको रीत यस्तै हो
यो मायाको रीत यस्तै हो

जन्म र मृत्यु भावीको लेखा, खटन छ उसैको
सुख र दुःख जीवनचक्र, दोष छैन कसैको
हो, जन्म र मृत्यु भावीको लेखा, खटन छ उसैको
सुख र दुःख जीवनचक्र, दोष छैन कसैको

फुटेको ऐना
फुटेको ऐना जोडिन्छ बरु, मन फाटे के गर्ने?
हरेक पाइला ठेस लाग्न थाल्यो, न जिउने न मर्ने
हो, न जिउने न मर्ने

आजको मान्छे सहाराबिना एक्लोझैँ परिछ
सक्दैन बोल्न, नयनमा केवल आँसुको झरी छ
हो, आजको मान्छे सहाराबिना एक्लोझैँ परिछ
सक्दैन बोल्न, नयनमा केवल आँसुको झरी छ

मान्छेको आँसु
मान्छेको आँसु मान्छेले पुछौँ मायालु हातले
दुःखमा हिम्मत जुटाउनुपर्छ मान्छेको जातले
हो, मान्छेको जातले

यो मायाको रीत यस्तै हो
यो मायाको रीत यस्तै हो
देख्नेलाई झिलिमिली
देख्नेलाई झिलिमिली, नदेख्नेलाई अँधेरी रातजस्तै हो
मायाको रीत यस्तै हो
यो मायाको रीत यस्तै हो

यो मायाको रीत यस्तै हो
यो मायाको रीत यस्तै हो
यो मायाको रीत यस्तै हो



Credits
Lyrics powered by www.musixmatch.com

Link