Karmako Khel

कर्मको खेल भोग्नु छ सबले, कसैको छैन दोष
कर्मको खेल भोग्नु छ सबले, कसैको छैन दोष
सुख र दुःख साथी हुन्, राजै, माया हो सबै थोक
माया हो सबै थोक
कर्मको खेल

सुखमा जोरीपारी, सबै आफ्ना, दुःखमा कोही न कोही
सुखमा जोरीपारी, सबै आफ्ना, दुःखमा कोही न कोही
आफ्नो रगत सधैँ नै आफ्नो, बुझ्छ यो कसले, खोइ? हो

पञ्चपल्लवको थाली हो जीवन, राखिदेऊ यति होस्

सुख र दुःख साथी हुन्, राजै, माया हो सबै थोक
माया हो सबै थोक
कर्मको खेल

बादलभित्र डुबेको जून झुल्किन्छ कुनै दिन
बादलभित्र डुबेको जून झुल्किन्छ कुनै दिन
यो जुनिभन्दा अमूल्य रैछ मायाको एकै छिन, हो

कोसिसको डोरी समाउँदै गए पुगिन्छ लाखौँ कोस

सुख र दुःख साथी हुन्, राजै, माया हो सबै थोक
माया हो सबै थोक

कर्मको खेल भोग्नु छ सबले, कसैको छैन दोष

सुख र दुःख साथी हुन्, राजै, माया हो सबै थोक
माया हो सबै थोक



Credits
Lyrics powered by www.musixmatch.com

Link