Khula Aakash

खुला आकाश पर्खिँदै छ
उडान हाम्रो हेर्न
शान सित उड्न सक्छौँ
कुँजो पङ्ख अब छैन

छेकिएको नदी हेर
आजाद भई बगेको
शिला सित ठक्कर खाँदै
बाटो खोज्दै हिँडेको

उडेँ फेरि आज हल्का-हल्का टाढा
सिमलको भुवासरि खुला आकाशभरि
टाढा, टाढा उडेँ
फैलिए कुँजो पङ्ख

छाडेर अब निराशा
मनमा आशा साँच्नेछौँ
सपना कुनै मिठो बुनेर
बिपनामा साट्नेछौँ

उडेँ फेरि आज हल्का-हल्का टाढा
सिमलको भुवासरि खुला आकाशभरि
टाढा, टाढा उडेँ
फैलिए कुँजो पङ्ख

टाढा, टाढा उडेँ
फैलिए कुँजो पङ्ख
टाढा, टाढा उडेँ



Credits
Writer(s): Astha Tamang-maskey, Rohit Shakya
Lyrics powered by www.musixmatch.com

Link