Ma Chahanna

म चाहन्न तिम्रो बाटोमा काँडा बन्न
म चाहन्न तिम्रो बाटोमा काँडा बन्न
जेसुकै गर तिमीले, तर सक्दिन तिमीलाई नराम्रो भन्न
म चाहन्न तिम्रो बाटोमा काँडा बन्न

बरु रातैभरि सिरानी रुझाउँला
मेरो भाग्य यस्तै भनी मन बुझाउँला
हो, बरु रातैभरि सिरानी रुझाउँला
मेरो भाग्य यस्तै भनी मन बुझाउँला

देख्न पाए पुग्छ, केही चाहिँदैन
देख्न पाए पुग्छ, केही चाहिँदैन
चाहेर पो के भो? चाहेको पाइँदैन

म चाहन्न तिम्रो बाटोमा काँडा बन्न

खोलाले नै बगर बनाउँदो रैछ
मायाले नै मुटु जलाउँदो रैछ
हो, खोलाले नै बगर बनाउँदो रैछ
मायाले नै मुटु जलाउँदो रैछ

जले पनि जाती पिरतीको घातमा
जले पनि जाती पिरतीको घातमा
आखिर जल्नु नै छ कुनै दिन त घाटमा

म चाहन्न तिम्रो बाटोमा काँडा बन्न
म चाहन्न तिम्रो बाटोमा काँडा बन्न
जेसुकै गर तिमीले, तर सक्दिन तिमीलाई नराम्रो भन्न
म चाहन्न तिम्रो बाटोमा काँडा बन्न



Credits
Lyrics powered by www.musixmatch.com

Link