Malai Bansuri Le

मलाई बाँसुरीले रूवायो
मलाई बाँसुरीले रूवायो
साइँला नबजाऊ बासुँरी
सम्झना आउँछ निष्ठुरी
सम्झना आउँछ बैगुनी
सम्झनाले चोली रुझायो
साइँला नबजाउ बाँसुरी
मलाई बाँसुरी ले रुवायो
तिमीले धोका दिँदै मा
म त किन मर्थे र
बाँचेर पो मैले तिम्रो खुशी देख्न पाउला
तिमीले धोका दिँदै मा
म त किन मर्थे र
बाँचेर पो मैले तिम्रो खुशी देख्न पाउला

संसार कै नमुना होस्
तिम्रो नयाँ जोडी
पठाए छौ निम्तो भने
बधाई दिन आउँला
पठाए छौ निम्तो भने
बधाई दिन आउला

मलाई बाँसुरी ले रुवायो
साइँला नबजाउ बाँसुरी
वल्लो डाली न्याउली रुन्छे
पल्लो डाली कोइली
एउटै बन बेग्लै मन
नाचेको छ मजुर
वल्लो डाली न्याउली रुन्छे
पल्लो डाली कोइली
एउटै बन बेग्लै मन
नाचेको छ मजुर

हार्ने को त आँसु पुछ्ने
हाट भेटिँदैन
जता जित उतै ताली
बजाउँछन् हजुर
बजाउँछन् हजुर
जता जित उतै ताली
बजाउँछन् हजुर

मलाई बाँसुरी ले रुवायो
मलाई बाँसुरी ले रुवायो
साइँला नबजाउ बाँसुरी
सम्झना आउँछ निष्ठुरी
सम्झना आउँछ बैगुनी
सम्झना ले चोली रुझायो
साइँला नबजाउ बाँसुरी
मलाई बाँसुरी ले रुवायो



Credits
Writer(s): Ek Narayan Bhandari
Lyrics powered by www.musixmatch.com

Link