Ma Yasai Ramri Chhu

ला-ला-ला-ला-ला-ला

बर्षै दिनको तिज आयो सबै बजार जानी (जानी, जानी)
ए, बर्षै दिनको तिज आयो सबै बजार जानी
म यसै राम्री छु, छैन डुल्ने बानी
के छ सँगी, साथी?

सबैले लाउँछन् निधारमा टिकिया, म यसै राम्री छु, मलाई यसै जाती
सबैले लाउँछन् निधारमा टिकिया, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती

जो हेरे नि राम्रा लाउने तिजै आयो फेरी (फेरी, फेरी)
ए, जो हेरे नि राम्रा लाउने तिजै आयो फेरी
नक्कल झक्कल नपारे नि, झनै राम्री मेरी
होइन र ओए साथी?

सबैले लाउँछन् निधारमा टिकिया, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
सबैले लाउँछन् निधारमा टिकिया, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती

ला-ला-ला-ला
ला-ला-ला-ला
नक्कल पार्न जानी छैन भईसके नी ठुली (ठुली, ठुली)
ए, नक्कल पार्न जानी छैन भईसके नी ठुली
न ओठमा लाली लाउँछु, न त नाकमा फुली
के छ सँगी, साथी?

सबैले लाउँछन् कानैमा झुम्काना, म यसै राम्री छु, मलाई यसै जाती
सबैले लाउँछन् कानैमा झुम्काना, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती

हाँसी हाँसी हिन् तिमी खुसी मनाएर (एर, एर)
ए, हाँसी हाँसी हिन् तिमी खुसी मनाएर
ईश्वरले नै पठाका छन्, राम्री बनाएर
होइन र ओए साथी?

सबैले लाउँछन् कानैमा झुम्काना, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
सबैले लाउँछन् कानैमा झुम्काना, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती

ला-ला-ला-ला-ला-ला

हिन्न पनि जाने छैन धेरैको मन चोरी (चोरी, चोरी)
ए, हिन्न पनि जाने छैन धेरैको मन चोरी
पाउडर साउडर नलाएनी, सबले भन्छन् गोरी
के छ सँगी, साथी?

सबैले लाउँछन् नाकैमा नथिया, म यसै राम्री छु, मलाई यसै जाती
सबैले लाउँछन् नाकैमा नथीया, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती

यस्तीसित माया गास्नी भाग्यमानी म नी (म नी, म नी)
ए, यस्तीसित माया गास्नी भाग्यमानी म नी
चन्द्रमाझैँ बलेकी छौ, तिमी यसै पनि
होइन र ओए साथी?

सबैले लाउँछन् नाकैमा नथिया, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
सबैले लाउँछन् नाकैमा नथिया, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती

ला-ला-ला-ला
ला-ला-ला-ला

आफैँ राम्री छु भन्दा त अरूको मन रोला (रोला, रोला)
ए, आफैँ राम्री छु भन्दा त अरूको मन रोला
जे लाएनी सुहाउनी मलाई, के अचम्म होला
के छ सँगी, साथी?

सबैले लाउँछन् शिरैमा शिरबन्दी, म यसै राम्री छु, मलाई यसै जाती
सबैले लाउँछन् शिरैमा शिरबन्दी, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती

तिमी छेउमा गयौ भने सबै लाखापाखा (पाखा, पाखा)
ए, तिमी छेउमा गयौ भने सबै लाखापाखा
चट्ट कम्मर छिनेको छ, ठुला ठुला आँखा
होइन र ओए साथी?

सबैले लाउँछन् शिरैमा शिरबन्दी, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
सबैले लाउँछन् शिरैमा शिरबन्दी, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती

ला-ला-ला-ला-ला-ला

म नराम्री भएँ भनि कहाँ गएर रुम्ला (रुम्ला, रुम्ला)
ए, म नराम्री भएँ भनि कहाँ गएर रुम्ला
बैँसमा त राम्री छु म, पछि कस्ती हुम्ला
के छ सँगी, साथी?

सबैले लाउँछन् ओठैमा लाली, म यसै राम्री छु, मलाई यसै जाती
सबैले लाउँछन् ओठैमा लाली, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती
ए, म यसै राम्री छु, मलाई यसै जाती

पछि कस्ती हुम्ला भनि पिर मानिछौ कहाँ को (कहाँ को, कहाँ को)
ए, पछि कस्ती हुम्ला भनि पिर मानिछौ कहाँ को
वर्णन गरी साध्धे छैन तिम्रो सुन्दरताको
होइन र ओए साथी?

सबैले लाउँछन् ओठैमा लाली, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
सबैले लाउँछन् ओठैमा लाली, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती
ए, तिमी यसै राम्री छौ, तिम्लाई यसै जाती



Credits
Lyrics powered by www.musixmatch.com

Link