Maanchha Sabai Euta Ragalka

मान्छे सबै एउटै रगतको
विचार किन बेग्ला बेग्लै?
सबको एउटै इश्वोर हो तर
मुर्ति किन बेग्ला बेग्लै?
मान्छे सबै एउटै रगतको

यहि संसारलाई यी मान्छेले
स्वर्ग पनि देखि दिन्छ
यहि मान्छे को ति आँखामा यो
संसार नर्क पनि भैदिन्छ

यहि संसारलाई यी मान्छेले
स्वर्ग पनि देखि दिन्छ
यहि मान्छे को ति आँखामा यो
संसार नर्क पनि भैदिन्छ

मान्छे सबको दुइ आँखामा
दृष्टि किन बेग्ला बेग्लै?
सबको जीवन को रुप एउटै
आकार किन बेग्ला बेग्लै?
मान्छे सबै एउटै रगतको

मान्छे सुखी हरुलाई यहाँ
सुखले नै पछ्याइदिन्छ
लाखौ दुखि हरुलाई चै किन
पिर अनेक रुपलि पछ्याउछ?

मान्छे सुखी हरुलाई यहाँ
सुख ले नै पछ्याइदिन्छ
लाखौ दुखि हरुलाई चै किन
पिर अनेक रुपलि पछ्याउछ?

पिर त सब मान्छेलाई एउटै
बोझ किन बेग्ला बेग्लै?
सबको एउटै धर्ति भन्छ
आगन किन बेग्ला बेग्लै?
मान्छे सबै एउटै रगतको



Credits
Writer(s): Saran Kumar
Lyrics powered by www.musixmatch.com

Link