Dil Bhitra Bhitri

कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?
कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?
मनको कुरा उनको सामु के गरी म पोखिदिऊँ?
कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?

अबेर होला, अबेर होला, भन्न ढिलो होला
हिँडिदेला काटी नौ सय खोला

कतिन्जेल कोर्दै, फाल्दै चिठ्ठीहरू म रोइदिऊँ?
मनको कुरा उनको सामु के गरी म पोखिदिऊँ?
कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?

हे, मायाले, हे, मायाले एकफेर मलाई हेर न (hm, hm)
मनको कुरा आफै बुझिदेऊ न
हे, मायाले एकफेर मलाई हेर न
मनको कुरा आफै बुझिदेऊ न

कतिन्जेल, हाय, कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?
मनको कुरा उनको सामु के गरी म पोखिदिऊँ?
कतिन्जेल भित्रभित्रै गुम्सिएर म बाँचिदिऊँ?

ला-ला, ला-ला-ला-ला-ला

Hm-hm-hm-hm-hmm



Credits
Writer(s): Suresh Kumar
Lyrics powered by www.musixmatch.com

Link