Jhari

झरी परेछ, हुस्सु र कुहिरोले
मेरी मायालुको गाउँ छेकेछ
झरी परेछ, हुस्सु र कुहिरोले
मेरी मायालुको गाउँ छेकेछ
मेरी मायालुको गाउँ छेकेछ

कुहिरोसँगै लुकामारी खेल्दै होली उनी
मलाई हेर्न दायाँबायाँ गर्दै होली उनी
बादल हो कि उनको केश
कति राम्रो देश
म पनि जाऊँ कि उडेर?
म पनि जाऊँ कि उडेर?

झरी परेछ, हुस्सु र कुहिरोले
मेरी मायालुको गाउँ छेकेछ
मेरी मायालुको गाउँ छेकेछ

चिसोचिसो सिरेटोमा पछ्यौरी सम्हाल्दै होली
मेरो बाटो हेर्दै छिन् कि, आउँछ भन्दै आजभोलि?
न्यानो अँगालोमा बेर्न, उनी लजाएको हेर्न
म पनि जाऊँ कि उडेर?
म पनि जाऊँ कि उडेर?

झरी परेछ, हुस्सु र कुहिरोले
मेरी मायालुको गाउँ छेकेछ
मेरी मायालुको गाउँ छेकेछ



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link