Jaba Ma Hareko

जब म हारेको हुन्छु, तिमीलाई खोजिरहन्छ
जब म हारेको हुन्छु, तिमीलाई खोजीरहन्छु
तिम्रो अँगालोमा शिर झुकाउन
तिम्रो अँगालोमा शिर झुकाउन
फेरि नयाँ हिम्मत जुटाउन
फेरि नयाँ हिम्मत जुटाउन

जब म हारेमा हारेछु, तिमीलाई खोजिरहन्छु
जब म हारेमा हारेछु, तिमीलाई खोजिरहन्छु

तिम्रो साथ हुँदा माया, सुरक्षित हुन्छ म
तिमी छैनौ मेरो सामु, बिचल्लित हुन्छु म
मेरो जितमा तिमी, मेरो हारमा तिमी
कहिले खुसी बनि, कहिले आँशु बनि
कहिले खुसी बनि, कहिले आँशु बनी

जब म रोएको हुन्छु, तिमीलाई खोजिरहन्छु
तिम्रो अँगालोमा दुःख पोखाउन
फेरि नयाँ हिम्मत जुटाउन

डर लाग्छ दुनियाँको, मलाई तिम्रो भर लाग्छ
सम्झे मात्र तिमीलाई, सारा दुःख भागी दिन्छ
मेरो जोश हौ तिमी, मेरो कमजोरी तिमी
कहिले माया दिने, कहिले रिसाई दिने
कहिले माया दिने, कहिले रिसाई दिने

जब म थाकेको हुन्छु, तिमीलाई खोजीरहन्छु
तिम्रो अँगालोमा बोझ बिसाउन
फेरि नयाँ हिम्मत जुटाउन
फेरि नयाँ हिम्मत जुटाउन
फेरि नयाँ हिम्मत जुटाउन



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link