Euta Phool

एउटा फूल दियौ नि कान्छा
एउटा फूल दियौ नि कान्छा, कानमा लाउँ कि शिरमा लाउँ?
दोधारैमा परेँ म त, छोडी जाउँ कि तिमीलाई माया लाउँ?
ए कान्छा, हे कान्छा, छोडी जाउँ कि तिमीलाई माया लाउँ?

कानमा लाउँदा छेकिन्छ
हे, कानमा लाउँदा छेकिन्छ, सबले देख्छ शिरमा लाऊ
चोखो माया दिउँला तिमीलाई कान्छी, ढाकीदिउँला शिर देखि पाउ
ए कान्छी, ए कान्छी ढाकीदिउँला शिर देखि पाउ

डर, डर, डर, लाग्छ नि डर, अल्लारे तिम्रो पर्नलाई भर
सर, सर, सर, अलि यता सर, तिमी बाहेक मेरो को नै छ र?
डर, डर, डर, लाग्छ नि डर, अल्लारे तिम्रो पर्नलाई भर
सर, सर, सर, अलि यता सर, तिमी बाहेक मेरो को नै छ र?

पानी खानी धाराको, माया, ठान्छौ कि टाढाको?
लगाउँला पिरती, सानु, नेपाली पाराको
हाम्रो यो चोखो मायामा आँखा लाग्छ कि साराको?

एउटा फूल दियौ नि कान्छा

छल छल छल छल्कने पानी, बुझ्नै छ गाह्रो मायाको बानी
झर, झर, झर, पानी भई झर, चोखो छ जोबन मन लागि गर
हो, छल छल छल छल्कने पानी, बुझ्नै छ गाह्रो मायाको बानी
झर, झर, झर पानी भई झर, चोखो छ जोबन मन लागि गर

नफक्रि झर्छ कि, माया, फूलको कोपिला
हो, मायाको बारीमा, सानु, माया नै रोपाैला
फलो फलो हरदिन बढ्दै छ हाम्रो मायाको सिलसिला

एउटा फूल दियौ नि कान्छा
एउटा फूल दियौ नि कान्छा, कानमा लाउँ कि शिरमा लाउँ?
दोधारैमा परेँ म त, छोडी जाउँ कि तिमीलाई माया लाउँ?
ए कान्छा, हे कान्छा, छोडी जाउँ कि तिमीलाई माया लाउँ?

कानमा लाउँदा छेकिन्छ
हो, कानमा लाउँदा छेकिन्छ, सबले देख्छ शिरमा लाऊ
चोखो माया दिउँला तिमीलाई कान्छी, ढाकीदिउँला शिर देखि पाउ
हे कान्छी, हे कान्छी, ढाकीदिउँला शिर देखि पाउ



Credits
Lyrics powered by www.musixmatch.com

Link