Raat Ta Raat Nai Bhayo

रात त रात नै भयो
दिन पनि किन रात?
रात त रात नै भयो
दिन पनि किन रात?
जिन्दगी त्यसै-त्यसै हुन्छ यहाँ उदास
रात त रात नै भयो

मेरो माया चोखो थियो
तिम्रो किन झुटो भयो?
मेरो माया चोखो थियो
तिम्रो किन झुटो भयो?
प्रीति गाँसी सँगै बसी हाँस्ने खेल्ने हामी गर्थ्यौँ

आज किन पराई भयौ?
याद आउँछ हरबात
रात त रात नै भयो

तिम्रै लागि गीत गाएँ
तिम्रै लागि नाचेथेँ कहिले
तिम्रै लागि गीत गाएँ
तिम्रै लागि नाचेथेँ कहिले
पिरतीको माला गाँसी तिमीलाई लगाएर्थेँ मैले

आज किन पराई भयौ?
सताउँछौ हररात

रात त रात नै भयो
दिन पनि किन रात?
जिन्दगी त्यसै-त्यसै हुन्छ यहाँ उदास
रात त रात नै भयो



Credits
Lyrics powered by www.musixmatch.com

Link