Aayeu Samipai Jaba

आयौ समीपै जब, आयौ समीपै

थाहै थिएन माया के हो भनेर
हिँड्यौँ सधैँ-सधैँ टाढा बनेर
थाहै थिएन माया के हो भनेर
हिँड्यौँ सधैँ-सधैँ टाढा बनेर

तर आजकाल माया बुझ्न थालेँ
तिम्रो माया मनमा बुझ्न थालेँ

बगरसरिको छाती मेरो धड्किन थाल्यो निकै
आयौ समीपै जब, आयौ समीपै
आयौ समीपै जब, आयौ समीपै
आयौ समीपै जब, आयौ समीपै

हेराइ नै नशालु त्यो, पार्थ्यौ भुतुक्क
हँसाइ नै मीठो तिम्रो, हाँस्थ्यौ मुसुक्क
हेराइ नै नशालु त्यो, पार्थ्यौ भुतुक्क
हँसाइ नै मीठो तिम्रो, हाँस्थ्यौ मुसुक्क

हो, भएको थियो झन्डै यो मेरो सास बन्द
आयौ नि तिमी मेरै सामु मन्द-मन्द

बगरसरिको छाती मेरो धड्किन थाल्यो निकै
आयौ समीपै जब, आयौ समीपै
आयौ समीपै जब, आयौ समीपै
आयौ समीपै जब, आयौ समीपै
आयौ समीपै

फूलमै रमाइरहेँ सपनीमा धेरै
आखिर त्यही फूल भयो जीवनमा मेरै
फूलमै रमाइरहेँ सपनीमा धेरै
आखिर त्यही फूल भयो जीवनमा मेरै

हो, लिन्छु सुवासिलो मायाको सुगन्ध
एक जुनीको होइन दुई दिलको सम्बन्ध

बगरसरिको छाती मेरो धड्किन थाल्यो निकै
आयौ समीपै जब, आयौ समीपै
आयौ समीपै जब, आयौ समीपै
आयौ समीपै जब, आयौ समीपै



Credits
Lyrics powered by www.musixmatch.com

Link