Mero Desh Ko Aagani Ma

मेरो देशको आँगनीमा छैन कोही पराई
मेरो देशको आँगनीमा छैन कोही पराई
मुटुमा छ जोडिएको, मुटुमा छ जोडिएको
हिमाल, पहाड, तराई, हिमाल, पहाड, तराई
मेरो देशको आँगनीमा छैन कोही पराई

शान्ति मेरो समृद्धि हो, फूलबारी हो घर
बहुजाति, बहुभाषी, नेपाली हो थर
नेपाली भई गर्व गर्ने मेरो यही हो ठाउँ
सबै मिली बस्न सक्ने मेरो सानो गाउँ

मेरो देशको आँगनीमा छैन कोही पराई
मुटुमा छ जोडिएको, मुटुमा छ जोडिएको
हिमाल, पहाड, तराई, हिमाल, पहाड, तराई
मेरो देशको आँगनीमा छैन कोही पराई

पाटीपौवा, ताल, कुवा, डाँडापाखा हाम्रो
नेपालीको ढुकढुकी हो, हाम्रै नेपाल राम्रो
डाँफे मेरै, मुनाल मेरै, खोलानाला मेरै
जाति, भाषा, लिङ्ग, वर्ण, एउटै फूल हौँ धेरै

मेरो देशको आँगनीमा छैन कोही पराई
मुटुमा छ जोडिएको, मुटुमा छ जोडिएको
हिमाल, पहाड, तराई, हिमाल, पहाड, तराई
मेरो देशको आँगनीमा छैन कोही पराई



Credits
Lyrics powered by www.musixmatch.com

Link