Hathkela Ma

हत्केलाको मुटु पनि सुकिसक्यो हातै
हत्केलाको मुटु पनि सुकिसक्यो हातै
तिम्रै खातिर जल्दा पनि भनिनौ नि, "कठै!"
हत्केलाको मुटु पनि सुकिसक्यो हातै

ढुङ्गो बरु पग्लन्थ्यो कि यति चाहँदा त
खोला पनि फर्कन्थ्यो कि मिल्ने भए त
हा, ढुङ्गो बरु पग्लन्थ्यो कि यति चाहँदा त
खोला पनि फर्कन्थ्यो कि मिल्ने भए त

तिम्रै आस गरीगरी अल्झेको छ सासै
तिम्रै आस गरीगरी अल्झेको छ सासै
(उसलाई बचाउनोस्!) एउटै मात्र उपाय छ अब, kidney transplant गर्ने (तिम्रै खातिर जल्दा पनि भनिनौ नि, "कठै!")
तर त्यो पनि समस्या छ उहाँको
उहाँको 'O' Negative भएको कारणले गर्दाखेरि त्यो पनि समस्या छ (हत्केलाको मुटु पनि)
'O' Negative त मेरो पनि हो (सुकिसक्यो हातै)

सायद कतै मिलेन कि मेरो प्रेमको शैली
चुकेँ होला भर्नलाई तिम्रो मनको थैली
हे, सायद कतै मिलेन कि मेरो प्रेमको शैली
चुकेँ होला भर्नलाई तिम्रो मनको थैली

तिम्रै लागि रित्तो भएँ, कोही छैन साथै
तिम्रै लागि रित्तो भएँ, कोही छैन साथै
तिम्रै खातिर जल्दा पनि भनिनौ नि, "कठै!"
हत्केलाको मुटु पनि सुकिसक्यो हातै



Credits
Writer(s): Makten Kalu
Lyrics powered by www.musixmatch.com

Link