Na Ta Timro

न त तिम्रो भर थियो, न त तिमीलाई मेरो पनि
न त तिम्रो भर थियो, न त तिमीलाई मेरो पनि
त्यसैले त हाम्रो दूरी गयो टाढा बनी
त्यसैले त हाम्रो दूरी गयो टाढा बनी
टाढा, टाढा, टाढा बनी

टुट्दा बाचा, छुट्दा नाता, तिम्रो मात्र दोष होइन
टुट्दा बाचा, छुट्दा नाता, तिम्रो मात्र दोष होइन
फुलेर फूल नओइलिएको यहाँ कुनै बोट छैन

रीत यस्तै रैछ यहाँ, जोडिएर फुट्नुपर्ने
नचाहँदा-नचाहँदै आफैसँग छुट्नुपर्ने, आफैसँग छुट्नुपर्ने

सपनाको घर सपनीमै टुटी गयो सिसा सरि
सपनाको घर सपनीमै टुटी गयो सिसा सरि
निसासिन्छु, भक्कानिन्छ मुटु मेरो घरीघरी

रीत यस्तै रैछ यहाँ, जोडिएर फुट्नुपर्ने
नचाहँदा-नचाहँदै आफैसँग छुट्नुपर्ने, आफैसँग छुट्नुपर्ने



Credits
Lyrics powered by www.musixmatch.com

Link