Ful Jhai Fulos

फूलझैँ फुलोस् भन्छु जीवन, काँडासरि बिझाउँछ
फूलझैँ फुलोस् भन्छु जीवन, काँडासरि बिझाउँछ
ओठको हाँसो फुल्न नपाई आँखाले नै रुझाउँछ
फूलझैँ फुलोस् भन्छु जीवन, काँडासरि बिझाउँछ

कहिले कहाँ, कहिले कहाँ हावासरि बहनुपर्ने
हो, कहिले कहाँ, कहिले कहाँ हावासरि बहनुपर्ने
जस्तै वज्र परे पनि छाती फुकाई सहनुपर्ने

कहिले हाँसो, कहिले आँसु
कहिले हाँसो, कहिले आँसु पालो गरी गिज्याउँछ

फूलझैँ फुलोस् भन्छु जीवन, काँडासरि बिझाउँछ

दुःख पर्दा रुनुपर्ने यहाँ, खुशी हुँदा हाँस्नुपर्ने
हो, दुःख पर्दा रुनुपर्ने यहाँ, खुशी हुँदा हाँस्नुपर्ने
सयौँ घुम्ती जँघार तर्दै रैछ यहाँ बाँच्नुपर्ने

सम्झौता रहेछ जीवन
सम्झौता रहेछ जीवन, दुख्दा मन भिजाउँछ

फूलझैँ फुलोस् भन्छु जीवन, काँडासरि बिझाउँछ
ओठको हाँसो फुल्न नपाई आँखाले नै रुझाउँछ
फूलझैँ फुलोस् भन्छु जीवन, काँडासरि बिझाउँछ



Credits
Lyrics powered by www.musixmatch.com

Link