Sapani Ma Aauchheu Timi

सपनीमा आउँछ्यौ तिमी, झझल्कोमा आउँछ्यौ
हो, सपनीमा आउँछ्यौ तिमी, झझल्कोमा आउँछ्यौ
भन न, ए
भन न, ए सुन्दरी, कसलाई माया लाउँछ्यौ?
हो, कसलाई माया लाउँछ्यौ?
सपनीमा आउँछ्यौ तिमी, झझल्कोमा आउँछ्यौ

तिम्रा कदम-कदममा खुसी भर्ने मन छ
तिम्रा रहर-रहरमा सुवास छर्ने मन छ
तिम्रा कदम-कदममा खुसी भर्ने मन छ
तिम्रा रहर-रहरमा सुवास छर्ने मन छ

बिपनीमा तर्की हिँड्छ्यौ, सपनीमा धाउँछ्यौ
बिपनीमा तर्की हिँड्छ्यौ, सपनीमा धाउँछ्यौ
भन न, ए
भन न, ए सुन्दरी, कसलाई आफ्नो बनाउँछ्यौ?
कसलाई आफ्नो बनाउँछ्यौ?
सपनीमा आउँछ्यौ तिमी, झझल्कोमा आउँछ्यौ

तिम्लाई छातीमा सजाई माया गर्ने मन छ
तिम्रो खाली सिउँदोमा सिन्दूर भर्ने मन छ
तिम्लाई छातीमा सजाई माया गर्ने मन छ
तिम्रो खाली सिउँदोमा सिन्दूर भर्ने मन छ

वरिपरि डुल्छ्यौ सधैँ, छुन खोज्दा हराउँछ्यौ
वरिपरि डुल्छ्यौ सधैँ, छुन खोज्दा हराउँछ्यौ
भन न, ए
भन न, ए सुन्दरी, कसलाई मन पराउँछ्यौ?
हो, कसलाई मन पराउँछ्यौ?

सपनीमा आउँछ्यौ तिमी, झझल्कोमा आउँछ्यौ
भन न, ए
भन न, ए सुन्दरी, कसलाई माया लाउँछ्यौ?
हो, कसलाई माया लाउँछ्यौ?
सपनीमा आउँछ्यौ तिमी, झझल्कोमा आउँछ्यौ



Credits
Lyrics powered by www.musixmatch.com

Link