Jindagi Maa Chaarai Dishaa

जिन्दगीमा चारै दिशा घाम लागे हुन्थ्यो
भनेजस्तो, सोचेजस्तो पुगिदिए हुन्थ्यो
हो, हो-हो-हो-हो
जिन्दगीमा चारै दिशा घाम लागे हुन्थ्यो
भनेजस्तो, सोचेजस्तो पुगिदिए हुन्थ्यो
हो, हो-हो-हो-हो

सधैँ साँझको रङ्गले आकाश पोतिए हुन्थ्यो
हरेक बाटो जूनले यहाँ म्वाइँ खाए हुन्थ्यो
सधैँ साँझको रङ्गले आकाश पोतिए हुन्थ्यो
हरेक बाटो जूनले यहाँ म्वाइँ खाए हुन्थ्यो
सपना हुर्केका आँखाहरूमा बिपना मौलाए हुन्थ्यो

भनेजस्तो, सोचेजस्तो पुगिदिए हुन्थ्यो
हो, हो-हो-हो-हो
जिन्दगीमा चारै दिशा घाम लागे हुन्थ्यो
भनेजस्तो, सोचेजस्तो पुगिदिए हुन्थ्यो
हो, हो-हो-हो-हो

हरियाली वसन्तले छोडिराखे हुन्थ्यो
मीठा-मीठा यादहरू यहाँ अल्झी बसे हुन्थ्यो
हरियाली वसन्तले छोडिराखे हुन्थ्यो
मीठा-मीठा यादहरू यहाँ अल्झी बसे हुन्थ्यो
दरद कुँदेका मुहारमा खुशी थुप्रिए हुन्थ्यो

भनेजस्तो, सोचेजस्तो पुगिदिए हुन्थ्यो
हो, हो-हो-हो-हो
जिन्दगीमा चारै दिशा घाम लागे हुन्थ्यो
भनेजस्तो, सोचेजस्तो पुगिदिए हुन्थ्यो
हो, हो-हो-हो-हो



Credits
Lyrics powered by www.musixmatch.com

Link