Chhadi Jadai Chhu

छाडी जाँदै छु आँसु तिमीलाई
छाडी जाँदै छु आँसु तिमीलाई
यही मेरो नासो भयो
मेरो जीवन आज यहाँ साह्रै सस्तो, हो, हाँसो भयो
छाडी जाँदै छु आँसु तिमीलाई

मेरो पाइला हेर्दै आउनू, त्यहाँ मेरो लास भेट्नेछौ
मेरो पाइला हेर्दै आउनू, त्यहाँ मेरो लास भेट्नेछौ
तिमीलाई भनी पर्खिरहेको अन्तिम मेरो सास भेट्नेछौ

तिम्रो जीवन फलोस्, फुलोस्
तिम्रो जीवन अमर रहोस्
यही मेरो कामना
मेरो जीवन आज यहाँ साह्रै सस्तो, हो, हाँसो भयो
छाडी जाँदै छु आँसु तिमीलाई

तिमीलाई आफ्नो ठान्नु, माया गर्नु व्यर्थै भयो
तिमीलाई आफ्नो ठान्नु, माया गर्नु व्यर्थै भयो
तिमीलाई सम्झी रुन्थेँ मात्रै, आज सबै अन्त्य भयो

तिम्रो जीवन फलोस्, फुलोस्
तिम्रो जीवन अमर रहोस्
यही मेरो कामना
मेरो जीवन आज यहाँ साह्रै सस्तो, हो, हाँसो भयो
छाडी जाँदै छु आँसु तिमीलाई

छाडी जाँदै छु आँसु तिमीलाई
यही मेरो नासो भयो
मेरो जीवन आज यहाँ साह्रै सस्तो, हो, हाँसो भयो
छाडी जाँदै छु आँसु तिमीलाई



Credits
Lyrics powered by www.musixmatch.com

Link