Maile Maya Mageko Hola

आ, दे-रे-ना-रे, दे-ना

मैले माया मागेँ होला, तिम्ले मुटु माग्यौ होला

कसले के-के माग्यो समयलाई थाहा होला

हाम्रो चोखो पिरतीमा सँगै जिउने वाचा थियो
हो, हाम्रो चोखो पिरतीमा सँगै जिउने वाचा थियो
कुन वैरीको आँखा लाग्यो, नाता बीचमा टुटी गयो
नाता बीचमा टुटी गयो

मैले पनि सम्झेँ होला, तिम्ले पनि सम्झ्यौ होला

कसले कति सम्झ्यो समयलाई थाहा होला
कसले कति सम्झ्यो समयलाई थाहा होला
मैले माया मागेँ होला, तिम्ले मुटु माग्यौ होला

मागे सबै पुग्छ भन्थे हाम्ले पुज्ने देउतासित
हो-हो, मागे सबै पुग्छ भन्थे हाम्ले पुज्ने देउतासित
आखिर आज छुट्नुपर्यो, नाता जोड्दा अर्कोसित
नाता जोड्दा अर्कोसित

मलाई पनि दुख्यो होला, तिम्लाई पनि दुख्यो होला

कसलाई कति दुख्यो समयलाई थाहा होला
कसलाई कति दुख्यो समयलाई थाहा होला

मैले माया मागेँ होला, तिम्ले मुटु माग्यौ होला
मैले माया मागेँ होला, तिम्ले मुटु माग्यौ होला
कसले के-के माग्यो समयलाई थाहा होला
कसले के-के माग्यो समयलाई थाहा होला
मैले माया मागेँ होला, तिम्ले मुटु माग्यौ होला

Credits
Lyrics powered by www.musixmatch.com

Link