Sarangi Ko Tara

सारङ्गीको तार भो जीवन, रेटाइ कति-कति
सारङ्गीको तार भो जीवन, रेटाइ कति-कति
निष्ठुरीलाई अचानो भो आज मेरै छाती
निष्ठुरीलाई अचानो भो आज मेरै छाती
सारङ्गीको तार भयो

जून छुन्छु भन्दा व्यर्थै झर्नुपर्दो रैछ
जून छुन्छु भन्दा व्यर्थै झर्नुपर्दो रैछ
मुटु छामी डाँडा काट्यौ, प्रीति गाँस्या खै त?
मुटु छामी डाँडा काट्यौ, प्रीति गाँस्या खै त?
प्रीति गाँस्या खै त?

थाहै नपाई लुटी लग्यौ सारा खुशी जति

निष्ठुरीलाई अचानो भो आज मेरै छाती
निष्ठुरीलाई अचानो भो आज मेरै छाती
सारङ्गीको तार भयो

कहिले दुख्यो एकान्त पल, कहिले दुख्यो रात
कहिले दुख्यो एकान्त पल, कहिले दुख्यो रात
सबैभन्दा बढी दुख्यो पिरतीमा घात
सबैभन्दा बढी दुख्यो पिरतीमा घात
पिरतीमा घात

निभाई गयौ तिम्ले आज जिन्दगीकै बत्ती

निष्ठुरीलाई अचानो भो आज मेरै छाती
निष्ठुरीलाई अचानो भो आज मेरै छाती
सारङ्गीको तार भयो



Credits
Lyrics powered by www.musixmatch.com

Link