Afnai Sansar Ma Kina

सुरु हुन्छ यसरी नै, प्रश्नले छोडेको छैन
यातनामा हुर्केतापनि बैगुनी म तिमीजस्तो हैन

नइख्याऊ मलाई, नजिस्क्याऊ मलाई
न त सुमसुम्याऊ मलाई
नजिक मेरो नआऊ

आँधी हुँ, म बेहरी हुँ
रिसाएकी म छोरी हुँ
म छोरी हैन, म छोरी हैन
म छोरी हैन, म छोरी हैन

"बेसहारा तिमी," भन्दै बेसहारा पनि बनाउँछौ
अनि आउँछौ मात्तिएर, होच्याएर चित्त दुखाउँछौ

नहोच्याऊ मलाई, नसताऊ मलाई
न त चलबलाऊ मलाई
नजिक मेरो नआऊ

आँधी हुँ, म बेहरी हुँ
रिसाएकी म छोरी हुँ
म छोरी हैन, म छोरी हैन
म छोरी हैन, म छोरी हैन

आफ्नै संसारमा किन?
आफ्नै संसारमा किन?
आफ्नै संसारमा किन?
आफ्नै संसारमा किन?
आफ्नै संसारमा किन?
आफ्नै...

आँधी हुँ, म बेहरी हुँ
रिसाएकी म छोरी हुँ
म छोरी हैन, म छोरी हैन
म छोरी हैन, म छोरी हैन



Credits
Writer(s): Albatross
Lyrics powered by www.musixmatch.com

Link