Samjhana Timro

हे, सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
मायाको यो खोक्रो शब्दमा यो पागल अब डुब्दैन
सम्झना तिम्रो मीठो छ, म भुल्न चाहिँ सक्दिन
मायाको यो खोक्रो शब्दमा यो पागल अब डुब्दैन

त्यसैले, प्रिय, जाँदै छु तिमीभन्दा धेरै टाढा
प्रिय, जाँदै छु धेरै टाढा

लामो-लामो समयसम्म हाम्रो यात्रा एकै थियो
हातमा हात राखी वाचा गर्ने गर्थ्यौँ
लामो-लामो समयसम्म हाम्रो यात्रा एकै थियो
हातमा हात राखी वाचा गर्ने गर्थ्यौँ

त्यसैले, प्रिय, सक्छु बुझ्न तिमीलाई राम्रै गरी
प्रिय, सक्छु राम्रै गरी

आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिन
आँखाभरि तिम्रो आँसु देख्न म सक्दिन
मुटु दुख्ने तिम्रो वाचा अब म सुन्न सक्दिन

त्यसैले, प्रिय, जाँदै छु बिझाउने तिम्रो याद लिई
प्रिय, जाँदै छु याद लिएर

प्रिय, जाँदै छु बिझाउने तिम्रो याद लिई



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link