Yaad Aayo

याद आयो फेरि, आज फेरि
याद आयो फेरि, आज फेरि
बिर्सन खोज्छु, गाह्रो हुन्छ
सम्झना आउँदा छाती चर्किदिन्छ
बिर्सन खोज्छु, गाह्रो हुन्छ
सम्झना आउँदा छाती चर्किदिन्छ
याद आयो फेरि, आज फेरि

मुटुमा मेरो अझै आलो घाउ छ
सबै बिर्सी बस्दा तिम्रो याद आउँछ
मुटुमा मेरो अझै आलो घाउ छ
सबै बिर्सी बस्दा तिम्रो याद आउँछ
मातिन्छु जब म, बर्बराउन थाल्छु
मातिन्छु जब म, बर्बराउन थाल्छु
तिम्रो नाउँ लिई गीत गाउन थाल्छु

याद आयो फेरि, आज फेरि

हुन्छु म आफ्नै धुनमा रहेको
आभास हुन्छ तिमी साथ भएको
हुन्छु म आफ्नै धुनमा रहेको
आभास हुन्छ तिमी साथ भएको
आफैलाई बिर्सिएर अतीतलाई सम्झन्छु
आफैलाई बिर्सिएर अतीतलाई सम्झन्छु
झसङ्ग भई आफैलाई सम्हाल्छु

याद आयो फेरि, आज फेरि
याद आयो फेरि, आज फेरि



Credits
Writer(s): Naresh Dev Panta
Lyrics powered by www.musixmatch.com

Link