Aakash ko pari

अँध्यारो यो कोठामा एक्लै टोलाउँदै बसेँ म
अनेकौँ चित्रहरू कोरी बसेछु सपनाको घर रचेर
सुन्छु म आवाज चारैतिरबाट, गल्ती भयो कि खाल्टोमा खसेर

कस्तो यो मन तिम्रो?
रैछ है ढुङ्गासरि
गर्दिन केही वाचा म
होलाउ तिमी नै आकाशको परी

सबैलाई जानु छ आफ्नै बाटोमा, खै के भेट होला-नहोला
सक्दिन म आकाशको तारा टिप्न, भन्छन् पर्खिँदैन बगेको खोला
बुझाउन चहान्न म केही, यसै नि तिमीलाई त सबै थाहा होला

कस्तो यो मन तिम्रो?
रैछ है ढुङ्गासरि
गर्दिन केही वाचा म
तिमी नै रहेछौ आकाशको परी

रातको अँध्यारोमा सबैकुरा भयो शान्त
तिम्रो आवाज आउँछ भित्ताबाट, सुनाउँछ मलाई एकान्त
वाचा गरेँ मैले जूनसँग, "बनाउँछु म आफ्नै कान्त"

कस्तो यो मन तिम्रो?
रैछ है ढुङ्गासरि
गर्दिन केही वाचा म
तिमी नै रहेछौ आकाशको परी

कस्तो यो मन तिम्रो?
रैछ है ढुङ्गासरि
गर्दिन केही वाचा म
होलाउ तिमी नै आकाशको परी



Credits
Writer(s): Dibesh Pokharel
Lyrics powered by www.musixmatch.com

Link