maan

कस्तो यो मन मेरो?
रैछ है कागजसरि
फेरि डुबेँ मायामा म
भुलाई सारा संसार फेरि

कि यही नै पागलपन हो
कि त फेरि अर्को गल्ती हो, तर

बिनामाया छैन त्यहाँ आनन्द
बिनासपना छैन रातको निन्द्रा
खुशीजति तिमीलाई नै सुम्पिदिउँला
पीडाजति सबै मै लिउँला

जीवन रैछ स्वर्गसरि
छन् अनेकौँ किसिमका झरी
खोजी हेर, पाउनेछौ बेग्लै संसार
सबैकुराको छ आफ्नै आकार

त्यो हिमाल हेर, छ है विशाल
रुक्दैन समय, बित्यो यो साल, तर

बिनामाया छैन त्यहाँ आनन्द
बिनासपना छैन रातको निन्द्रा
खुशीजति तिमीलाई नै सुम्पिदिउँला
पीडाजति सबै मै लिउँला

भनिदेऊ, केही छ कि बाँकी?
सुन्छु म सबै तिम्रो कुरा
बोलिदेऊ मनको भावना
गरिदिन्छु सकेजति पूरा, तर

बिनामाया छैन त्यहाँ आनन्द
बिनासपना छैन रातको निन्द्रा
खुशीजति तिमीलाई नै सुम्पिदिउँला
पीडाजति सबै मै लिउँला



Credits
Writer(s): Dibesh Pokharel
Lyrics powered by www.musixmatch.com

Link