Durge Durge Bhandai

महालक्ष्मी नमस्तुते, नमस्तुते सुरेश्वरी
हरिप्रिय नमस्तुते, नमस्तुते दयानिधे

दुर्गे दुर्गे भन्दै बोलाएँ
दुर्गे दुर्गे भन्दै बोलाएँ
कर जोडी बिन्ती तिमीमा बिसाएँ
लौ न माता तिमी नै बचाऊ
दुखीहरुको मनलाई बुझाऊ
दुर्गे दुर्गे भन्दै बोलाएँ

बस्तीहरु अब उज्यालो हुँदैछन्
असुरहरु सब एक हुँदै छन्
सत्य र न्यायको ह्रास हुँदैछ
सत्य र न्यायको ह्रास हुँदैछ
हिंसा र असत्यले ठाउँ लिखैछ
दुर्गे दुर्गे भन्दै बोलाएँ
दुर्गे दुर्गे भन्दै बोलाएँ

भक्तहरुका अश्रुधारा
लौ न सुकाऊ दिंदै सहारा
अम्बे अब तिमी आऊ न आऊ
अम्बे अब तिमी आऊ न आऊ
दुष्टहरुको नाश गराऊ
दुर्गे दुर्गे भन्दै बोलाएँ

दुर्गे दुर्गे भन्दै बोलाएँ
कर जोडी बिन्ती तिमीमा बिसाएँ
लौ न माता तिमी नै बचाऊ
दुखीहरुको मनलाई बुझाऊ
दुर्गे दुर्गे भन्दै बोलाएँ
दुर्गे दुर्गे भन्दै बोलाएँ
दुर्गे दुर्गे भन्दै बोलाएँ



Credits
Lyrics powered by www.musixmatch.com

Link