Is It Love

चल्नै छाड्छ ढुकढुकी यो नहुँदा तिम्रो साथ
एकछिन तिम्लाई नपाउँदा नि रोकिन्छ होला सास

"तिमीमै टोलाइरहूँ" भन्छ मेरो आँखा
के माया यही हो? Is it love?
"तिमीलाई बोलाइरहूँ" भन्छ मेरो भाका
के माया यही हो? Is it love?

मन बुझाउने कसरी? मान्दैन, हाल दिलको बताउन जान्दैन
लुकाएर तिम्रो माया मुटुमा सामु आउँदा ओठ केही भन्दैन
भाग्यमा नै तिमी छौ कि? तिमी मेरै निम्ति हौ कि
परिस्थिति यस्तै बन्छ?

Is it love?
ना-ना, ना-ना

कहीँ कतै नटुङ्गिए हुन्थ्यो यो बाटो पिरतीको
यहीँ कतै अल्झिरहे हुन्थ्यो यो धर्ती, यो आकाश, यो बादल, यात्रा जिन्दगीको
प्रकृतिभरि सुवास छरी फक्रिरहूँ जस्तो
झरनामा, छहरामा, पहरामा, लहरामा झुलिरहूँ जस्तो

Is it love?
ना-ना, ना-ना

भावीले कोरेको हुन्छ भन्छन् जोडी सबको जनमभरको
सम्झी डर लाग्छ कतै छुट्ला अनि टुट्ला, शून्यतामै बिलाइजाला, हुन्छौ कि अपूरो
सिन्दूर छरी सिउँदोभरि आफ्नै बनाउँला
जुगौँजुग बाँचिरहने, हर लोकले सम्झिरहने कथा रचौँला

Is it love?
ना-ना, ना-ना



Credits
Writer(s): John Ross Lang, Richard James Page, Steve George, Pat Mastelotto
Lyrics powered by www.musixmatch.com

Link