Timi Lai Maya

तिम्लाई चोखो माया गरी ठूलै भूल गरेँ मैले
हो, तिम्लाई चोखो माया गरी ठूलै भूल गरेँ मैले
धोका दिई गयौ तिमी
धोका दिई गयौ तिमी, पछुताउँदै छु म अहिले
पछुताउँदै छु म अहिले
तिम्लाई चोखो माया गरी ठूलै भूल गरेँ मैले

वाचाकसम किन खायौ "सँगै जिउँछु-मर्छु" भनी?
हो, वाचाकसम किन खायौ "सँगै जिउँछु-मर्छु" भनी
"तिम्रो साथ पाएँ भने जँघार पनि तर्छु" भनी
"जँघार पनि तर्छु" भनी?

आखिर मलाई एक्लो पारी अरूलाई छानी गयौ
आत्मैदेखि तिम्लाई चाहेँ
आत्मैदेखि तिम्लाई चाहेँ, मुटुमा वाण हानी गयौ
मुटुमा वाण हानी गयौ

तिम्लाई चोखो माया गरी ठूलै भूल गरेँ मैले

तिम्रा लागि आफ्ना रहर कति मारेँ, कति मारेँ
हो, तिम्रा लागि आफ्ना रहर कति मारेँ, कति मारेँ
तिम्लाई मात्र सम्झिएर व्यर्थै जीवन बर्बाद पारेँ
व्यर्थै जीवन बर्बाद पारेँ

पलपलमा मै रुनेछु, जुनीभर हाँस्नू तिमी
मेरो उमेर लागोस् तिम्लाई
मेरो उमेर लागोस् तिम्लाई, खुशीसँग बाँच्नू तिमी
खुशीसँग बाँच्नू तिमी

तिम्लाई चोखो माया गरी ठूलै भूल गरेँ मैले



Credits
Lyrics powered by www.musixmatch.com

Link