The Propaganda of Wealth

धनीले रच्ने मोह कस्तो
सादा जीवन औधी सस्तो
सपनाको विकसीत संसारमा
भ्रमको बिऊ छरे जस्तो

पिल्सिएको मानवतामा
गरिबिको त्रास फैल्याइ
आत्मीयताको भान दिन्छन्
रात दिन काम दलाइ

निरङ्कुश धनको मैलो जाल
सरलताको क्रान्ति
विचारेर स्वयं जीवन
प्रभावकारी मार्ग यापन

शोषकको भुमरीमा
धनको प्रोपागाण्डा
लोभले सार्ने रोगहरुमा
शोषित वर्ग आज अन्धा



Credits
Writer(s): Maki Gurung
Lyrics powered by www.musixmatch.com

Link