Seti Khola

ए माया, ए माया, ए माया, ए माया

सेती खोला सँगसँगै तर्छु, है
सँगै लैजाऊ, म पछि पर्छु, है
सेती खोला सँगसँगै तर्छु, है
सँगै लैजाऊ, म पछि पर्छु, है

तिमीलाई धेरै म माया गर्छु, है

ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है

तिमी मेरो संसार हेर्ने दुई आँखाको नानी
मैले पनि सुम्पिसकेँ तिमीलाई जिन्दगानी

तिमी मेरो संसार हेर्ने दुई आँखाको नानी
मैले पनि सुम्पिसकेँ तिमीलाई जिन्दगानी

म एउटा कुरा गर्छु, है
म तिम्रै भरमा पर्छु, है

ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है

तुइनमा तारेजस्तो तिमीले मलाई तार्यौ
यति धेरै माया दियौ, भुतुक्कै नै पार्यौ

हा, तुइनमा तारेजस्तो तिमीले मलाई तार्यौ
यति धेरै माया दियौ, भुतुक्कै नै पार्यौ

म एउटा बिन्ती गर्छु, है
म तिमीलाई आफ्नै भन्छु, है

ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है

सेती खोला सँगसँगै तर्छु, है
सँगै लैजाऊ, म पछि पर्छु, है

तिमीलाई धेरै म माया गर्छु, है

ए माया, ए माया, तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है

तिमीभन्दा म पहिले मर्छु, है
तिमीभन्दा म पहिले मर्छु, है



Credits
Lyrics powered by www.musixmatch.com

Link