Aaja Mero Badulkima

आज मेरो बाडुल्कीमा कसले सम्झिरैछ? हो
आज मेरो बाडुल्कीमा कसले सम्झिरैछ?
कतै मेरो मुटु छोई देशले सम्झिरैछ
हो, कतै मेरो मुटु छोई देशले सम्झिरैछ

आज मेरो बाडुल्कीमा कसले सम्झिरैछ?
कतै मेरो मुटु छोई देशले सम्झिरैछ
हो, कतै मेरो मुटु छोई देशले सम्झिरैछ

फूल राम्रो सुनगाभा त पन्छी राम्रो डाँफे
फूल राम्रो सुनगाभा त पन्छी राम्रो डाँफे
माया लाऊँ भनी लाइन, माया बस्यो आफै
माया बस्यो आफै
कति राम्रो देशमा जन्मिएँ, जन्मै धन्य लाग्छ
माया मारी जाऊँ त कतै संसार शून्य लाग्छ (हो-हो, हो-हो)

आज मेरो बाडुल्कीमा कसले सम्झिरैछ? हो

वन-वन न्याउली रुन्छ मेरै सम्झनामा
वन-वन न्याउली रुन्छ मेरै सम्झनामा
कतै मलाई ठेस लाग्दा मुटु दुख्ने आमा
मुटु दुख्ने आमा
यो देशलाई धोका दिए सराप लाग्छ हाम्लाई
स्वयम्भूका आँखाबाट आँसु बुलबुलाई

आज मेरो बाडुल्कीमा कसले सम्झिरैछ? हो
आज मेरो बाडुल्कीमा कसले सम्झिरैछ?
कतै मेरो मुटु छोई देशले सम्झिरैछ
हो, कतै मेरो मुटु छोई देशले सम्झिरैछ

आज मेरो बाडुल्कीमा कसले सम्झिरैछ?
आज मेरो बाडुल्कीमा कसले सम्झिरैछ?



Credits
Lyrics powered by www.musixmatch.com

Link