Mato Khanchhu

माटो खान्छु, माटो पिउँछु, माटो बाँच्छु म

माटो हाँस्छु, माटो रुन्छु, माटै दुख्छु म

कोहीले भन्छन्, मेरो माटो कौडी बराबर
मेरो लागि मेरो माटो स्वर्गै बराबर
हो, कोहीले भन्छन्, मेरो माटो कौडी बराबर
मेरो लागि मेरो माटो स्वर्गै बराबर

रिस लागे पोख्ने ठाउँ मेरो यही माटो
भोक लाग्दा "आमा" भन्दै टाँसिने माटो

माटो खान्छु, माटो पिउँछु, माटो बाँच्छु म
माटो हाँस्छु, माटो रुन्छु, माटै दुख्छु म

बाँझो, उर्वर जे भने नि माटो उही नै हो
भिर, फाँट जहाँ फुले नि फुल्ने यहीँ नै हो
हो, बाँझो, उर्वर जे भने नि माटो उही नै हो
भिर, फाँट जहाँ फुले नि फुल्ने यहीँ नै हो

मेरो आफ्नै भन्न सक्ने खालि यही माटो
बजैदेखि नातिसम्म गाँसिने माटो

माटो खान्छु, माटो पिउँछु, माटो बाँच्छु म
माटो खान्छु, माटो पिउँछु, माटो बाँच्छु म
माटो हाँस्छु, माटो रुन्छु, माटै दुख्छु म
माटो खान्छु, माटो पिउँछु, माटो बाँच्छु म
माटो हाँस्छु, माटो रुन्छु, माटै दुख्छु म

Hm-hm-hm-hm, hm-hm-hm-hm, hm-hm-hm-hm, hm

Credits
Lyrics powered by www.musixmatch.com

Link