Aauna Kanchhi

आऊ न, कान्छी, छेउमा बस, हात समाइदेऊ न
लड्नै लागेँ भुईँमा म त तिम्रै मायाले
माफ गर, कान्छा, आउँदिन म त तिम्रो छेउमा
दुनियाँले कुरा काट्लान् है भोलि हाम्रो गाउँमा

कुरा काटे के पो हुन्छ? त्यही दुनियाँ पागल हुन्छ
चोखो प्रीति लाउनेलाई प्रकृतिकै आशिष् हुन्छ
हो, चोखो माया भन्दै सबले झूटो माया लाउँछन्
गुलाफको माला भन्दै पलाश फूल उन्छन्

आऊ न, कान्छी, छेउमा बस, हात समाइदेऊ न
लड्नै लागेँ भुईँमा म त तिम्रै मायाले

चन्द्रसूर्य साक्षी छन्, कसम खान्छु आकाश, धर्ती
विश्वास गरिदिनू, प्रिया, दश औँलाको छ है बिन्ती
हो, बुझेँ तिम्रो मनको कुरा, पछि धोका नदिनू है
सुम्पेँ मेरा जीवन सारा, जिन्दगीमा नरुवाउनू है, हो-हो

माफ गर, कान्छा, आउँदिन म त तिम्रो छेउमा
दुनियाँले कुरा काट्लान् है भोलि हाम्रो गाउँमा

तिम्रै मायाले...
हाम्रो गाउँमा...
तिम्रै मायाले...
हाम्रो गाउँमा...



Credits
Lyrics powered by www.musixmatch.com

Link