Janma Liye

जन्म लिएँ पहाड-गाउँमा
हे, जन्म लिएँ पहाड-गाउँमा
घुम्दै-फिर्दै आएँ यो ठाउँमा
ए, बरको छायाले
संसारै रमाइलो हाम्रो मायाले
संसारै रमाइलो हाम्रो मायाले

पानी परी पन्छीलाई रुझाउने
पानी परी पन्छीलाई रुझाउने
दुखेको मन कसरी बुझाउने? कसरी बुझाउने?
कर्म मेरो अभावले भरेको
कसले देख्छ ओराली झरेको?

ए, बरको छायाले
संसारै रमाइलो हाम्रो मायाले
संसारै रमाइलो हाम्रो मायाले

मन मेरो सधैँ गाउँघरैमा
मन मेरो सधैँ गाउँघरैमा
कति बसौँ अर्काको भरैमा, अर्काको भरैमा?
गाउँघरको सम्झना बोकेर
कति बाँचूँ ठक्कर खाएर?

ए, बरको छायाले
संसारै रमाइलो हाम्रो मायाले
संसारै रमाइलो हाम्रो मायाले

संसारै रमाइलो हाम्रो मायाले
संसारै रमाइलो हाम्रो मायाले
संसारै रमाइलो हाम्रो मायाले



Credits
Lyrics powered by www.musixmatch.com

Link