Sital Hawa

Hmm-hmm, ला-ला-ला-ला-ला, ला-ला
Mmm-hmm, ला-ला-ला-ला-ला, ला-ला

शीतल हावा, जुनेली रात
कमी भो यसमा खालि हजुरको साथ, हजुरको साथ
शीतल हावा, जुनेली रात
कमी भो यसमा खालि हजुरको साथ, हजुरको साथ

मान्छेको चोला किन होला नियास्रो लाग्ने, अधूरो लाग्ने साथीबिना?
मान्छेको चोला किन होला नियास्रो लाग्ने, अधूरो लाग्ने साथीबिना?
मै मोरीको मन कलिलो छ झन्
मै मोरीको मन कलिलो छ झन्
टोलाइरहन्छु, ओइलाइरहन्छु हजुरबिना, हजुरबिना

शीतल हावा, जुनेली रात
कमी भो यसमा खालि हजुरको साथ, हजुरको साथ

Mmm-hmm, ला-ला-ला-ला-ला, ला-ला

लागेर गोली म आजभोलि, छट्पटिएकी, आत्तिरहेकी चरीसरि छु
लागेर गोली म आजभोलि, छट्पटिएकी, आत्तिरहेकी चरीसरि छु
मायाको त ऐन नै हो यस्तो
मायाको त ऐन नै हो यस्तो
जो भोगिरहेछु, म पिल्सिरहेछु हजुरबिना, हजुरबिना

शीतल हावा, जुनेली रात
कमी भो यसमा खालि हजुरको साथ, हजुरको साथ
शीतल हावा, जुनेली रात
कमी भो यसमा खालि हजुरको साथ, हजुरको साथ

Mmm, hmm
ला-ला-ला-ला, ला-ला



Credits
Lyrics powered by www.musixmatch.com

Link