Parkhaai

पर्ख न, हेर न मलाई तिमी फर्केर
म त यतै बसिरहेछु नि है
कुरा त गरेकै हो एकअर्कालाई कसम ख्वाएर
यहीँ बस्छु भनी जुनीभरिलाई

आउँछौ भनी बसेकै हो तिम्रै लागि पर्खी मायामा
ए, पर्खी मायामा
आउँछौ भनी बसेकै हो तिम्रै लागि पर्खी मायामा
ए, पर्खेर-र-र

अँगाल, सम्हाल हाम्रा सबै सम्झना
तिमी फर्की आउँदा सम्झौँला सँगै
हुनत, हुने नै हो हुने कुरा जे-जस्तो जतै
यहीँ बस्छु पर्खेरै म तिमीलाई

अनौठो-अनौठो लाग्छ जिन्दगी यो
तिमीबिना, तिमीबिना
बिरानो-बिरानो लाग्छ घामपानी यो
तिमीबिना, तिमीबिना, whoa

आउँछौ भनी बसेकै छु तिम्रै लागि पर्खी मायामा
ए, पर्खी मायामा
आउँछौ भनी बसेकै छु तिम्रै लागि पर्खी मायामा
ए, पर्खेर-र-र



Credits
Writer(s): Sajjan Raj Vaidya, Sajjan Vaidya
Lyrics powered by www.musixmatch.com

Link