Timilai Herda

तिमीलाई हेर्दा लाग्छ
जस्तो हावा चल्यो, बतास उड्यो
तिमीलाई हेर्दा लाग्छ
जस्तो मुटु फुट्यो, रगत बग्यो

हर पहाडमा तिम्रो मुहार छ
हर खोलाले तिम्रै नाम गुनगुनाउँछ

तिमीलाई हेर्दा लाग्छ
तिमीलाई हेर्दा लाग्छ
तिमीलाई हेर्दा लाग्छ

जस्तो तिम्रै काखमा सधैँभरि ढल्किरहूँ
जस्तो तिम्रै मुहार सधैँभरि हेरिरहूँ
तिम्लाई सकेका जति सबै खुशीहरू दिउँला
तिमी बन मेरो रानी, म हुन्छु तिम्रो बेहुला
टाढा नजाऊ, सधैँ रह मेरो छेउमा

सँगै नै छु, सँगै नै छु
सधैँभरि सँगै हुनेछु
सँगै नै छु, सँगै नै छु
हात पक्ड न, सँगै नै हुनेछु

नछाड कहिल्यै, मेरो माया सबै तिम्रै
बाँधिराख्छु तिम्लाई सधैँभरि मुटुभित्रै
जे गरे पनि सबै तिम्रै लागि हो
तिम्लाई एकचोटि देखी मेरो दिन बनियो
"सँगै नै छु, हात पक्ड मेरो"
भन्नु धेरै मन छ तर भन्नु सक्दिन
माया धेरै गर्छु, तर त्यति नै हो
केही गर्नु सक्दिन खालि यति नै हो, कि

तिमीलाई हेर्दा लाग्छ
जस्तो हावा चल्यो, बतास उड्यो

तिम्रो मुहार हेर्दा उड्दछु
तिम्रै बोली सुनी म बढ्दछु

आँसुको खोला र खुशीको झोला, दुवै दिएका छौ मलाई
मनमा पीडा र आँखामा हाँसो, दुवै दिएका छु तिम्लाई

अब तिमीलाई हेर्दा लाग्छ
तिमीलाई हेर्दा लाग्छ
तिमीलाई हेर्दा लाग्छ
जस्तो...



Credits
Writer(s): Abhigya Ashish Gahatraj, Ashish Gurung, Paul Rai
Lyrics powered by www.musixmatch.com

Link