Timro Yaad

के मेरो जीवनी यतिमै सकिने भयो?
तिमीलाई नै पर्खी यतिमै बित्ने भयो

मन त थियो सधैँभरि तिमीसँगै नै बस्ने, बस्ने,आ-हा
चाहना थियो तिमीलाई पनि मेरो हात पक्रने, पक्रने, आ-हा

फेरि पनि तिमीले मेरो हात छाडिदियौ
दोबाटोमा तिमीले मेरो साथ छाडी गयौ
के त्यति नै थियो तिम्रो मेरो प्रति माया?
किन मेरो जीवनीको घाममा पार्यौ छाया?

के मेरो जीवनी यतिमै सकिने भयो? आ-हा
तिमीलाई नै पर्खी यतिमै बित्ने भयो, आ-हा

रहर त थियो तिमीसितै सबै सपनाहरू सजाउने, सजाउने, आ-हा
माया गर्थेँ, साँचो भन्छु, तिमीलाई सधैँ खुशी राख्नेथेँ, राख्नेथेँ, आ-हा

परिस्थिति तर तिम्रो कहिले राम्रो थिएन
जे गरे नि मेरै गल्ती भन्थ्यौ तिमीले किन?
अझै पनि माया गर्छु, तिमी फर्की हेर
सधैँ नै दोस्रो थिएँ म, तिम्रो कहिले पहिलो थिइन

"पर्ख, एकचोटि मपट्टि फर्की हेर"
भन्न धेरै मन थियो तर कहिले भनिन
छाडी गयौ मलाई तिमी अरू कोहीसित
तिम्रो-मेरो प्रेमलाई आधी-कल्चो छाडेर
छाडेर, छाडेर, छाडेर

तिमीले भनेको सबै कुरा सुन्थेँ
दुःखमा पनि तिमीसँगै खुशी थिएँ
तिम्रो मन त तर अरू कतै थियो
सोच यस्तो त रैछ मात्रै मेरो

के मेरो जीवनी यतिमै सकिने भयो? आ-हा
तिमीलाई नै पर्खी यतिमै बित्ने भयो, आ-हा



Credits
Writer(s): Abhigya Ashish Gahatraj
Lyrics powered by www.musixmatch.com

Link