Din Hos Ya Raat

दिन होस् या रात, बिहानी हो या साँझ
तिमीलाई भुल्न म सक्दिन
बादलुको माझ सम्झन्छु तिम्रो साथ
आफैलाई थाम्न म सक्दिन
थाम्न म सक्दिन

के छाप छोड्यौ तिमीले? बहार छैन मनमा
रित्तो-रित्तो छु आज म, उत्साह छैन तनमा

दिन होस् या रात, बिहानी हो या साँझ
तिमीलाई भुल्न म सक्दिन

रङ्गीन छ मौसम, रङ्गीन छ यौवन
तिमीलाई भन्न म सक्दिन
शून्यताको गीत, विवशताको प्रीत
आफैलाई सुनाउन म सक्दिन
सुनाउन म सक्दिन

उपहार के दियौ तिमीले? हाँसेर रोएको छु
अधुरो छु आज म, यादमा जिएको छु

दिन होस् या रात, बिहानी हो या साँझ
तिमीलाई भुल्न म सक्दिन

के छाप छोड्यौ तिमीले? बहार छैन मनमा
रित्तो-रित्तो छु आज म, उत्साह छैन तनमा



Credits
Writer(s): Nabin K Bhattarai
Lyrics powered by www.musixmatch.com

Link