Hajar Galti

हजार गल्ती तिम्रा मैले माफ गरिदिएँ
हजार गल्ती तिम्रा मैले माफ गरिदिएँ
जति चोट दियौ तिमीले मलाई
जति चोट दियौ तिमीले मलाई उपहार सम्झी लिएँ
हजार गल्ती तिम्रा मैले माफ गरिदिएँ

किन व्यर्थै माया गऱ्यौ जीवनभर साथ दिन्छु भनी?
किन झूटो कसम खायौ सुख र दुःख बाँड्छु भनी?
चोट दियौ सहिरहेँ, आँसु दियौ हाँस्दै पिएँ

हजार गल्ती तिम्रा मैले माफ गरिदिएँ

किन संसारलाई तिमीले चिनायौ म तिम्रो जीवनसाथी हुँ भनी?
किन मुटु जलाइदियौ दुई जना एउटै हो भनी?
पीडा दियौ सहिरहेँ, विष दियौ हाँस्दै पिएँ

हजार गल्ती तिम्रा मैले माफ गरिदिएँ
हजार गल्ती तिम्रा मैले माफ गरिदिएँ
जति चोट दियौ तिमीले मलाई
जति चोट दियौ तिमीले मलाई उपहार सम्झी लिएँ



Credits
Writer(s): Surya Dayalu
Lyrics powered by www.musixmatch.com

Link