Ek Anjuli

एक अँजुली मायाको प्यासी

एक अँजुली मायाको प्यासी, खोज्दै म तिमी सामु आएँ
तिम्रो थोरै हाँसोमा नै
तिम्रो थोरै हाँसोमा नै यहाँ मैले सबथोक पाएँ
यहाँ मैले सबथोक पाएँ
एक अँजुली मायाको प्यासी, खोज्दै म तिमी सामु आएँ

मेरो जीवन रहेसम्म तिम्रो माया रहनेछ मनमा
हो, मेरो जीवन रहेसम्म तिम्रो माया रहनेछ मनमा
खोट आए पनि नातामा
खोट आए पनि नातामा, हुनेछौ तिमी मेरो श्वासमा, मेरो श्वासमा

एक अँजुली मायाको प्यासी, खोज्दै म तिमी सामु आएँ

घाम, जून रहेसम्म तिम्रै हुन्छु जन्म-जन्म म
हो, घाम, जून रहेसम्म तिम्रै हुन्छु जन्म-जन्म म
कोरिदिएँ तिम्रै नाम
कोरिदिएँ तिम्रै नाम मैले मेरो भाग्यरेखामा, भाग्यरेखामा

एक अँजुली मायाको प्यासी, खोज्दै म तिमी सामु आएँ
तिम्रो थोरै हाँसोमा नै
तिम्रो थोरै हाँसोमा नै यहाँ मैले सबथोक पाएँ
यहाँ मैले सबथोक पाएँ

एक अँजुली मायाको प्यासी



Credits
Writer(s): Surya Dayalu
Lyrics powered by www.musixmatch.com

Link